अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

काठमाडौं । आज अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको हकहित र सम्मानमा केही कदमहरु चालिएको भए पनि यस क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने अवस्था छ । आफ्नै आँगन परदेश लाग्ने उमेर समूहका नागरिकहरुलाई आत्मसम्मानसहित बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।
नेपालमा २०५१ सालमा मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिन शुरु गरिएकोमा अहिले उक्त भत्ता मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने सोको आधारमा सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ । तर ज्येष्ठ नागरिकहरुलाई आफ्नै सन्तानबाट समेत हेला नहुने वातावरण बनाउन भने राज्य अहिले पनि चुकिरहेको छ ।