अक्टोबर १ : अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक एवम् अविस्मरणीय दिन

२०७८ आश्विन १५ गते, शुक्रबार


काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले आज १ अक्टोबरको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक एवम् अविस्मरणीय दिन भएको उल्लेख गर्दै आजको दिन विश्व सर्वहारावर्ग , समस्त श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरुका लागि एक प्रेरणादायी दिन भएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै आजको दिन महान् चिनिया जनता साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट र त्यसको शोषण , दमन र उत्पीडनबाट मुक्त भएको दिन हो । त्यसैले आजको दिनलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा विश्वभर क्रियाशील कम्युनिस्ट पार्टीहरु , विश्व सर्वहारावर्ग र उत्पीडित एवं श्रमजीवी जनसमुदायले एक ऐतिहासिक दिन तथा प्रेरणादाायी दिनका रुपमा लिदै आएको बताएका छन ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ –”आज १ अक्टोबर दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक एवम् अविस्मरणीय दिन हो । आजको दिन विश्व सर्वहारावर्ग , समस्त श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरुका लागि एक प्रेरणादायी दिन हो । किनभने आजकै दिन अर्थात् सन १९४९ अक्टोबर १ का दिन विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको र चिनिया कम्युनिस्ट पार्टीको पहल र निर्देशनमा २८ वर्षको लामो सशस्त्र जनयुद्धको प्रक्रियाबाट महान् चिनिया जनवादी क्रान्ति सम्पन्न भएको थियो । आजकै दिन अर्थात् १ अक्टोबर १९४९ मा साम्राज्यवाद र सामन्तवादका दुई ठूला अजंगका पहाडहरुलाई ध्वस्त पारेर कमरेड माओ त्सेतुङद्वारा राजधानी स्थित तियनमेनयन चोकमा विशालजनसागरका बीचमा जनवादी गणतन्त्र चीनको घोषणा गरिएको दिन । आजकै दिन विशाल देश चीन एक स्वाधीन राष्ट्रको रुपमा घोषणा भएको दिन हो । आजको दिन महान् चिनिया जनता साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट र त्यसको शोषण , दमन र उत्पीडनबाट मुक्त भएको दिन हो । त्यसैले आजको दिनलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा विश्वभर क्रियाशील कम्युनिस्ट पार्टीहरु , विश्व सर्वहारावर्ग र उत्पीडित एवं श्रमजीवी जनसमुदायले एक ऐतिहासिक दिन तथा प्रेरणादाायी दिनका रुपमा लिदै आएका छन् ।
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकारकेन्द्रले महान् चिनिया जनवादी क्रान्ति सम्पन्न भएको १ अक्टोबर १९४९ को ऐतिहासिक दिनको स्मरण र त्यसको ऐतिहासिकता प्रति उच्च सम्मान गर्दै महान् चिनिया जनता , चिनिया कम्युनिस्ट पार्टी प्रति उच्च सम्मान प्रकट गर्दै विश्व सर्वहारावर्ग तथा समस्त श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदाय राष्ट्रहरुले महान् चिनिया जनवादी क्रान्तिक‍ो सफलता र त्यसको विकासप्रति जाहेर गर्दै आएको सम्मान र शुभकामना प्रति हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दै स्मरण गर्न चाहन्छ । “

प्रतिक्रियाहरु

[anycomment]