नेकपाद्वारा गोकर्णेश्वर नगरमा संगठन तथा जनसेवा विस्तार अभियान सम्पन्न

२०७८ आश्विन १६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले गोकर्णेश्वर नगरमा संगठन तथा जनसेवा विस्तार अभियान समापन गरेको छ । सो पार्टीले गोकर्णेश्वर नगरपालिकामा ‘गाउँगाउँमा जाऔँ वडा वडामा जाऔँ वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ २ महिने संगठन तथा जनसेवा विस्तार अभियान सम्पन्न गरेको हो । सम्पूर्ण वडाहरुमा संगठन विस्तार अभियान गर्न नगर समितिलाई केन्द्रिय सचिवलय सदस्य सुदर्शनले उद्घाटन गर्नुका साथै प्रशिक्षण दिएका थिए । साउन महिनाको मध्यदेखि शुरु अभियान असोज ९ गतेसम्म सञ्चालन भएको थियो ।
अभियानका क्रममा गोकर्णेश्वर १ नं. वडामा शिशिरको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन भएको छ । त्यसैगरी २ नं. वडामा निशाको नेत्रित्वमा ११ सदस्यीय वडा समिति गठन, वडा नं. ३ मा नारायणको नेत्रित्वमा १५ सदस्यीय वडा समिति, वडा नं. ४ मा अभयको नेत्रित्वमा ९ सदस्यीय वडा समिति, वडा नं. ५ मा कमलको नेत्रित्वमा १५ सदस्यीय वडा समिति, वडा नं. ६ मा प्रशान्तको नेत्रित्वमा ९ सदस्यीय वडा समिति, वडा नं. ७ मा रेणुकाको नेत्रित्वमा ११ सदस्यीय वडा समिति, वडा नं. ८ मा अशोकको नेत्रित्वमा १३ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा नं. ९ मा गंगारामको नेत्रित्वमा ९ सदस्यीय वडा समिति र वडा नं. १ मा मिनाको नेत्रित्वमा ७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरिएको छ । साथै वडा नं. ३ मा धनको नेत्रित्वमा १५ सदस्यीय युवा संगठन नेपाल गठन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु