मगर मुक्ति मोर्चा प्यूठानको अध्यक्षमा नरबहादुर थापा

२०७८ आश्विन १९ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा प्युठानकाे दाेस्राे जिल्ला सम्मेलनले नरबहादुर थापा मगरकाे अध्यक्षतामा २ १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसकाे उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर सचिव बाेम बहादुर पुन मगर , सह सचिव किरण पुन मगर र काेषाध्यक्ष हाेम बहादुर पुन मगर लगायत रहेका छन् ।
उक्त कार्यक्रममा बोल्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगर ले देशमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरे सम्म जातीय मुक्ति सम्भव नरहेकाले एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना काे लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन अाग्रह गरेका थिए । उनले भने -” नेपालमा विभिन्न परिवर्तनको अान्दाेलनमा मगरहरुकाे अग्रणी भुमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायकाे प्रतिनिधित्व नरहनु दुखद पक्ष हाे ।”
त्यस्तै कार्यक्रममा ने.क.पा.प्युठानका सेक्रेटरी अजय , जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री , जनजाति अान्दाेनका नेता भाेजबिक्रम बुढा मगर , हरि बि.एम. लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु