नेकपाका महासचिव विप्लव र कांग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाली कांग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता भएको छ । महासचिव विप्लव र कांग्रेसका नेता प्रकाशमान सिंहबिच भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, तीन बुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल भएकोबताइएको छ । नेपालको राजनीतिमा अग्रज नेतृत्व मानिने गणेशमान सिंहका पुत्र प्रकाशमानसिंह सँगको यो भेटघाट महत्त्वको साथ हेरिएको छ ।