युवा संगठन इलामको अध्यक्षमा विद्रोही

२०७८ आश्विन २१ गते, बिहीबार


काठमाडौँ । युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा बोल्दै नेता सुमनसिंहले इलाममा शहिदहरुको रगत , घाइते अपाङ्ग योद्दाहरुको योगदान र आम इलामेली जनताको सपना जिंउदो रहेको स्मरण गर्दै यसको बलमा कायम रहेको कम्युनिस्ट जनमतलाई संसदवादी कम्युनिस्टहरुले भंजाएर खाइरहेको तर अब जनताको पार्टी जनताको बिचमा आइसकेको हुनाले जनता झुक्याउन नदिने उद्घोष गरे । उनले भने – “सुवास नेम्वाङ्ग , र झलनाथ खनालहरुले इलामेली जनताको कम्युनिस्ट सपनालाई गुमारोहमा राख्नु भएको छ , अब हामी यो हुन दिंदैनौ ।”
युवाहरुलाइ सम्बोधन गर्दै सुमनसिंहले बलिदानमा उभिएको हाम्रो पार्टी जनताको मुक्तिदाता भएको हुनाले आफ्नो कुरा शान्तिपूर्ण ढङ्गले जनतामा लिएर जाने काम अब युवाहरुको रहेको बताए । जनताको कुरा शान्तिपूर्ण रुपमा भन्ने संभावनालाई दबाएको दिन बलिदानीपूर्ण संघर्षको निम्ति आफुहरु तयार भएर बस्नु पर्ने बताए । उनले अब युवाहरुको कांधमा क्रान्तिको धेरै ठूलो अविभारा आएको निर्वाचित कमिटीले इलामेली युवाहरुलाई रास्ट्र र जनताको पक्षमा लड्ने नेतृत्व प्रदान गर्ने विश्वास ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।
युवा संगठनका नेता सुवास राई, पार्टीका जिल्ला सचिव मौसम, अनेमसंघ क्रान्तिकारीकी जिल्ला संयोजक मुनाले समेत शुभकामना ब्यक्त गरेका छन । सम्मेलनको संचालन विनोद मगरले गरेका थिए । निर्वाचित कमिटीका सम्पूर्ण सदस्यहरुलाई संगठनका नेता सुवास राईले सपथग्रहण गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु