राष्ट्रपतिलाई पदमुक्त गर्न सर्वोच्चमा रिट

काठमाडौं,२५ पुस । राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने नगर्नेबारे दलहरुबीच विवाद चलिरहेका बेला राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।निर्वाचनपछिको नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्र चयन गर्नु पर्ने माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।एमाले, एमाओवादीसहितका दलले राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने माग गर्दै आएका छन् भने नेपाली कांग्रेस त्यसको विपक्षमा छन्