मित्सुविसीको रासायनिक कारखानामा विष्फोट
काठमाडौं, पौष २५ । जापानको योक्काइची सहरस्थित मित्सुविसीको रासायनिक कारखानामा विष्फोट हुँदा कम्तिमा पाँच जना कामदारको मृत्यु भएको छ । विष्फोटमा १७ भन्दा बढी घाइते भएका छन् । विष्फोटको समयमा सिलिकन उत्पादन सम्बन्धी काम भैरहेको बताइएको छ । विष्फोटको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । -एजेन्सी