म्याक्स मेडिटेकको माफियागिरी !

काठमाडौँ । विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको बुझिएको छ । म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ । म्याक्स मेडिटेकले सरकारी अस्पतालमा स्वास्थ्य उपकरण माग गर्दा आफ्नो अनुकूलको शर्तसहितको प्राबधान राखी टेन्डर माग गर्न लगाउने, सेटिङ मिलाउने र कम गुण स्तरको स्वास्थ्य उपकरण उपलब्ध गराउने गर्दै आएको स्रोतको ठोकुवा छ । म्याक्स मेडिटेकले हालसम्म स्वास्थ्य उपकरण उपलब्ध गराएका सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे यथार्थता सबैसामु छर्लङ हुने दावी गरेको छ । यसैगरी, म्याक्स मेडिटेकले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबारअनुसारको राजस्व नतिरेको समेत स्रोतले दाबी गरेको छ ।
यस विषयमा म्याक्स मेडिटेकको कार्यालयमा सम्पर्क राखी जानकारी माग्दा आपूmलाई मार्केटिङको कर्मचारी बताउने सौगात तामाङले म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा स्वास्थ्य उपकरण उपल्न्ध गराउँदै आएको स्वीकार गरे । उनलाई म्याक्स मेडिटेकले म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई स्वाथ्य उपकर आपूर्ति गर्दै आएको विषयमा सोद्धा आपूm म्याक्स मेडिटेकको सामान्य कर्मचारी मात्र रहेको बताउँदै यस विषयमा डाइरेक्टर बिमल उप्रेतीसँग जानकारी लिन आग्रह गरे । उनको आग्रहलाई स्वीकार गर्दै हामीले सो प्रालिका डाइरेक्टर बिमल उप्रेतीलाई पटक–पटक सम्पर्क गर्न खोज्दासमेत उनको फोन उठेन । – क्षेप्यास्त्र साप्ताहिक