यात्रु बसमा आगलागी !

२०७८ कार्तिक ७ गते, आईतवार


काठमाडौँ । गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नं को बसमा पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा आइ पुग्दा आगलागी भएको छ । बसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ । यात्रुहरू भाग्यले बाँचेकाे र यत्राे आगलागीमा कसैलाइ केही हुन नपाएकाे एक यात्रुले बताए ।
धादिङ प्रहरीले भने बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ । बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीकाे सहयाेगमा आगो नियन्त्रणमा लिइएकाे थियाे । आगो लाग्नुको कारण यकीन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार