सर्वाेच्चको फुलकोर्ट १४ न्यायाधीशले बहिष्कार गर्ने !

२०७८ कार्तिक ८ गते, सोमबार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।
न्यायाधीशहरू दीपक कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले फुलकोर्ट बैठक बहिस्कार गर्ने भएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]