अखिल (क्रान्तिकारी)को दोस्रो पुर्ण बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी )को केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६-९ गते पोखरामा भएको ऐतिहासिक २२औं राष्ट्रिय सम्मेलन पछि दोस्रो पुर्ण बैठक बसेको हो।बैठक कार्तिक ८-९ गते दुई दिन सम्म चल्ने केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिकले जानकारी दिएका छन।
अखिल(क्रान्तिकारी)अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको बैठक नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा सुरुमा भएको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेकपा केन्द्रिय सदस्य एवं फ्याक्सन इन्चार्ज चिरन पुन,केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलि,विद्यार्थीका पुर्व अध्यक्ष चिरञ्जीवी ढकाल लगायत केन्द्रिय समितिका विद्यार्थीहरुको उपस्थिति रहेको छ। – प्रदीप पाठक