कालिकोटमा नेकपा हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेखको प्रशिक्षण कार्यक्रम

२०७८ कार्तिक १२ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम कालिकोटको माल्कोटमा विहिवारवाट सुरु गरेको छ ।
प्रशिक्षणमा पार्टीको अवस्था,संगठनको गतिवधि र पार्टीलाई दिनुपर्ने सुझाव सहित २१ जनाले रिपोटिङ्ग पेश गर्ने कार्यसूचि रहेको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले बताए । प्रशिक्षण कार्यक्रममा डोल्पा वाहेक हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेख जिल्लाका करिव दुई सय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
रिपोटिङ्ग सकिए लगत्तै सो पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीको कार्यदिशा,पार्टीको नीति तथा कार्यक्रमका वारेमा सहभागिहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि लामो समयपछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई कालिकोटे जनताले भव्यरुपमा स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]