तिहार शुरु

२०७८ कार्तिक १६ गते, मंगलवार


काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बेलुकी यमपञ्चकअन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने जनाएको छ । समितिले आजै धनवन्तरी जयन्ती र धनतेरस पर्व परेको समेत जनाएको छ । यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीपदान सुरु हुन्छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । भोलि बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान सवा ७ देखि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुर तिहार पनि भोलि नैं परेको छ
कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार