तिहार

हुने खानेलाई छ तिहार
नहुनेलाई बेकार छ बन होशियार
हुनेलाई भैलो थालमा मासु
नहुनेलाई भैलो भैलो गहमा आँसु
तिहार आउँछ ढोल बजाई
जान्छ तिहार ऋण बोकाई
जाँड रक्सी खान्छन् बेसुरमा
जित हार बेकसुरमा
तास जुवा खेलेर कोहीा बन्छन् जोगी
केही त बन्छन् भोगी
कुनैको जान्छ खेत बारी
कमाए थे गरीब मारी मारी
रक्सीले दूर्घटना निम्त्याउछन्
कुनै त सडकमै रमाउँछन्।
कैलेसम्म हो बेसुर हुने?
कैले हो चेतना पलाउने?
पुँजिबादी सँस्कार त्यसै नजाने
फालौ अन्धकार भ्रान्ति
फालौं बिभेद गरेर क्रन्ति
कोही असाध्यै धनी कोही गरीब
बिभेद छ मानिस मानिसमा
जातमा बिभेद ,बर्गमा बिभेद
सँस्कारमा बिभेद सँस्कृतिमा बिभेद
सत्ताको मातले उन्माद गर्छन् बिभेद
अब हुन्न हुन्न मुखमा चुकुल ठोकेर
न्यायको लागि बोल मुख खोलेर
देशको चोक्टा चोक्टा लुछिँदा
तमाशा नहेरौं अस्मिता लुटिँदा
ताण्डव नृत्य छ देशमा
कहिले संसदमा त कहिले न्यायमा
असहाय परेका छन् अन्यायमा
जब चुनाब हुन्छ हुन्छ धनको खोलो
गरीबसँग कहाँ हुन्छ अरब ? जान्छन् अरब
र्निट्यान्समा मोज गर्छन् मारेर सब
काला पानीमा भारतीय फौज छन्
तर तर लेण्डूपेहरू मौन छन्
उद्योग धन्दा बेचेर खाए
नेपाललाई रित्तो बनाए
यिनैलाई छ चाड बांड
गरीबलाई छ गलगाँड
गरीबलाई दशैं हिमाल छ
धनिलाई मालामाल छ।
आयो तिहार सबमा बहार
ऋण बोकी नजाऊँ बिहार।