बर्षदिन बित्दा पनि स्मार्ट लाइसेन्स हात परेन !

काठमाडौ । यातायात व्यवस्था विभागले गत बर्षको भदौं महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोरोना लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ । विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ । विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए ।
विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।
सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् ।