नेकपा कालीकोटद्वारा वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रहको लागि केन्दित हुने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको निश्कर्ष निकाल्दै त्यसको ठाउँमा जनतालाई वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रहको लागि केन्दित गर्ने निर्णय गरेको छ । यसैगरी सो पार्टीले आगामी फागुनमा हुने पार्टी महाधिवेसन र मंसिर ८ मा हुने पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई भव्यताका साथ तयारी गर्ने निर्णय गरेको छ । कालीकोटको माल्कोटमा वसेको जिल्ला समितिको दोस्रो पूर्ण वैठकले सो निर्णय गरेको हो । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको सो बैठकमा पार्टी केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरु एटम बिसी, विराट, बलवान्, विशेष कमिटी सदस्य अविचल, साधारण शाखा सेक्रेटरी अर्जुनको आतिथ्यता रहेको थियो ।
वैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले जिल्ला समितिले गरेका निर्णयहरु जनतासम्म कार्यन्वय गर्न निर्देशन दिए । यसैगरी ,वैठकमा प्रत्येक एरियाबाट ९ जना एरिया सदस्यले रिपोर्ट राखेका थिए । बैठकका प्रमुख अतिथि प्रकाण्डले रिपोर्टमा उठेका विषय र राष्ट्रिय, अन्तरराष्ट्रिय परिस्थिति तथा पार्टीको आगामी योजनाको विषयमा प्रशिक्षण मन्तव्य राखेका थिए । अर्का अतिथि एटमले थप विषयवस्तुबाट आन्तरिक पङक्तिलाई अनुभूति मन्तव्यमार्फत स्पष्ट पारेका थिए ।
वैठकले पार्टीको पुनर्गठन दिवस काठमाडौमा भव्य जनसभा गरि मनाउने पार्टीको निणर्य अनुसार जिल्लावाट केही जनतालाई कार्यक्रममा सहभागी गराउने निर्णयसमेत गरेको छ ।
वैठकले केही साँगठनिकरुपमा हेरफेर समेत गरेको नेकपा कालीकोटले जनाएको छ । वैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सशक्त संघर्ष गर्ने र जिल्लामा एमसीसी विरोधी राजनैतिक दलसंग सहकार्य गरि भण्डाफोर गर्ने निणर्य पनि गरेको छ ।