‘वैज्ञानिक समाजवादका निम्ति सशस्त्र वर्गसंघर्ष अनिवार्य’

२०७८ कार्तिक २१ गते, आईतवार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सशस्त्र वर्गसंघर्ष अनिवार्य भएको ठोकुवा गरेको छ । अक्टोबर क्रान्ति दिवसको अबसर पारेर अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले बिज्ञप्ति जारी गर्दै सो ठोकुवा बताएका हुन् । अध्यक्ष केसीले अक्टोबर समाजवादी क्रान्तिले विश्वमा पहिलोपटक पुँजीपति वर्गको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा पुर्याइदिएको र त्यसपछि विश्व मानव समाज नयाँ युगमा प्रवेश गरेको बताएका छन ।
अध्यक्ष केसीद्वारा बिज्ञप्तिमा महान् अक्टोबर समाजवादी क्रान्तिप्रति उच्च सम्मान र स्मरण गर्दै विश्व सर्वहारा वर्गले विश्व क्रान्ति प्रतिको दृढताप्रति ऐक्यबद्धता जाहेर गर्दै क्रान्ति र जनताको मुक्तिको पक्षमा जोडदार रुपमा लेख्ने , प्रचारप्रसार तथा प्रकाशन गरेर भरपुर सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ –” आज नोवेम्बर न ७ आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । आजको दिन विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गीय अधिनायकत्व स्थापना गरेको दिन हो । जस्तो कि आजकै दिन अर्थात् सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार ७ नोभेम्बर ) का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता भ्लादीमिर इल्यिच लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । अक्टोबर समाजवादी क्रान्तिले विश्वमा पहिलोपटक पुँजीपति वर्गको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा पुर्याइदिएको थियो । त्यसपछि विश्व मानव समाज नयाँ युगमा प्रवेश गरेको थियो । त्यसो भएर महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो । जसले पहिलोपटक विश्व सर्वहारा वर्गलाई पहिलोपटक राज्ययसत्तामा स्थापित गरेको थियोे ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको प्रभाव विश्वभरी परेको थियो । त्यसपछि विश्वका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण गरिएको थियो भने चीन , कोरिया , भियतनाम लगायतका देशहरूमा नयाँ क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनहरु सफल भएर जनताले मुक्ति प्राप्त गरेका थिए । साथै पूर्वी युरोपका २० आौं देशहरूमा सोभियत मोडेलको समाजवाद लागु गरिएको थियो । यसरी त्यस बखत विश्वको जनसंख्याको एक तिहाई जनता कम्युनिस्ट सरकारहरुको छातामुनी गोलबन्ध हुन पुगेका थिए ।


रुस , चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भई पुँजीवादको पुनःस्थापना भए पश्चात् विश्व समाजवादी शिविर भत्किएपछि आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भए तापनि महान् विश्व क्रान्तिको यात्रा रोकिएको छ‌ैन र ती महान् क्रान्तिहरु र प्रतिक्रान्तिहरुबाट शिक्षा लिदै आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शन र निर्देशनमा विश्व सर्वहारा वर्गले विश्व क्रान्तिलाई अगाडि बढाइरहेका छन् र भारत , नेपाल , फिलिपिन्स , टर्की लगायतका सर्वहारा वर्गले नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने महान् अभियानका साथ महान् अक्टोबर समाजवादी क्रान्तिको १०४ आौं वार्षिकोत्सव धुमधामका साथमा मनाउँनुका विश्व क्रान्तिलाई विजयसम्म पुर्याउने ऐतिहासिक कार्यभारप्रति दृढ प्रतिबधाता जाहेर गरिरहेका छ ।
यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र पनि महान् अक्टोबर समाजवादी क्रान्तिप्रति उच्च सम्मान र स्मरण गर्दै विश्व सर्वहारा वर्गले विश्व क्रान्ति प्रतिको दृढताप्रति ऐक्यबद्धता जाहेर गर्दै क्रान्ति र जनताको मुक्तिको पक्षमा जोडदार रुपमा लेख्ने , प्रचारप्रसार तथा प्रकाशन गरेर भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गर्न चाहन्छ । वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सशस्त्र वर्गसंघर्ष अनिवार्य भएको ठहर गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]