ट्रेड युनियन महासंघद्वारा श्रमिकको हकका निम्ति संघर्ष र अभियान थाल्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रमिकहरुको हक तथा अधिकार रक्षाको निम्ति तत्काल सशक्त तथा वैधानिक संघर्ष सञ्चालन गर्ने र आगामी मङ्सिर ९ गते उद्घाटन गर्ने गरी तीन महिने उद्योग तथा कलकारखाना केन्द्रित श्रमिक अभियान थालनी गर्ने र विभिन्न अनौपचारिक क्षेत्रहरुमा समेत सदस्यता वितरणसहितको व्यापक संगठन विस्तार गर्दै जाने बताएको छ । महासंघको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले सो निर्णय गरेको बताइएको छ । सा
महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् मजदुर फ्याक्सन इन्चार्ज मिलनको प्रमुख आतिथ्यता रहेको थियो । महासंघका केन्द्रीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षहरु क्रमशः शिशिर थापा, श्याम सेञ्चुरी, इश्वर बुढाथोकी र डिल्ली वली लगायत पदाधिकारीहरु र देशैभरीबाट सबै प्रदेश, जिल्ला र पेशागत घटकबाट सहभागी केन्द्रीय सदस्य प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु लिएको बताइएको छ ।