ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

२०७८ कार्तिक २१ गते, आईतवार


काठमाडौँ । ताप्लेजुङस्थित मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना सामान्य घाइते छन् । बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए।

प्रतिक्रियाहरु

[anycomment]