नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जनमतसंग्रहको पक्षमा लाग्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था असफलसिद्ध भै सकेको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा जनताको वैज्ञानिक समाजवाद अनिबार्य भएकाले जनमतसंग्रहको पक्षमा एक ढिक्का भएर लाग्न आम जनतालाई अपिल गरेका छन ।
कालिकोटको माल्कोटस्थित सेरापाटामा आईतवार नेकपा कालीकोटले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले सो अपिल गरेका हुन्।

उक्त बिशाल जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले आफ्ना पार्टीमाथि जनताले ठुल्लो आशा र भरोशा गरेको भन्दै जनताको आशा निराशामा परिणत हुन नदिने प्रतिवद्धता जनाए । उनले जनयुद्ध र एकीकृत जनक्रान्तिमा कालीकोटे जनताले ठुलो वलिदानी गरेको स्मरण गर्दै फेरी पनि पूर्ण परिवर्तनको लागि जस्तो सुकै त्याग गर्न आग्रह गरे । प्रवक्ता प्रकाण्डले जनयुद्धका वेला भरोशा गरेका नेता प्रचण्ड र वावुरामहरु घुमिफिरी उहि संसदीय व्यवस्थामा गिरेको र जनयुद्धका सवै उपलव्धीहरु प्रतिक्रियावादीलाई आत्मासमर्पण गरेर वुझाएकाले जनतालाई धोका भएको ठोकुवा गरे । उनले विश्वको इतिहाँसमा नेपालवाट मात्रै मुल नेतृत्वले क्रान्ति विजय विजय हुने वेला प्रतिक्रान्ति गरेको दुखद घटना भएको भन्दै दोस्रो तहका नेताहरुले नेपालमा फेरि वाँकी क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्ति गर्नु परेको प्रष्ट्याए ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले प्रचण्ड – वावुराम जस्तो जनतालाई कहिलै पनि धोका दिन नसक्ने भन्दै वरु आफुहरु खरानी हुन तयार भएको र जनता,सहिद परिवार,वेपत्ता,घाईते योद्धा लगायतको सपना कहिलै विर्सन नसक्ने र पुरा गरिछाड्ने वाचा गरे ।

यसैगरी , उक्त जनसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्री सदस्य एटमले अव नेपाली जनताको सपना आफ्नो पार्टीले वैज्ञानिक समाजवाद वाट पुरा गर्ने ठोकुवा गरे भने जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराटले इतिहाँसको निमार्ता जनता भएको भन्दै प्रतिक्रान्ति गरि जनतालाई धोका दिने प्रचण्ड वावुरामहरु कुनै दिन जनतावाट दण्डीत हुने वताए ।
यसैगरी, नेकपाका केन्द्रीय सदस्य वलवान र विवेकले अहिलेको राजनीतिक संकटको निकास जनमतसंग्रह मात्र भएको वताए ।

नेकपा कालिकोटका सेक्रेटरी रणदिपले संचालन गरेको उक्त जनसभाको अध्यक्षता विराटले गरेका थिए भने जनसभामा जनकलाकारहरुले क्रान्तिकारी गित र नृत्य प्रस्तुत गरेका थिए ।