बाल अस्पतालमा आगलागी : चार जनाको मृत्यु

काठमाडौ । भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । मध्य प्रदेशको राजधानी भुपालको रहेको अस्पतालमा आगलागी हुदा चार जनाको मृत्यु भएको हो। अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ ।
यसैगरी भारतको महाराष्ट्र राज्यस्थित अहमदनगर स्थित सिभिल अस्पतालमा आगलागी हुँदा १० जना कोभिडका बिरामीको मृत्यु भएको छ। अन्य सात जना बिरामी घाइते भएका छन्। सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना खतरामुक्त रहेको टाइम्स अफ इन्डियामा समाचार छ। अस्पतालको पहिलो र दोस्रो तत्लामा आगलागी भएको थियो। अस्पतालको पहिलो तल्लामा १७ जना कोभिडका बिरामी उपचारत थिए। विद्युत शट भई अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगलागीको कारणबारे थप अनुसन्धन भइरहेको एनडीटीभीले बताएको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।