२५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदै

काठमाडौं । आज २५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदैछ। अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीको कमलामाई नगरपालिकाले आज विभिन्न कार्यक्रमहरु गर्दैछ। आज कमलामाई नगरपालिका निमार्ण गरिएको पार्कको उद्घाटन र गढीमा विजय उत्सवको कार्यक्रम हुने नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले जानकारी दिइन्। सिन्धुलीगढि पुनर्निर्माणका लागि विशेष योगदान दिने पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई विजयोत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको उपप्रमुख देवकोटाले बताइन्।
विजयोत्सवको अवसरमा सिन्धुलीगढि युद्धका अग्रज योद्धा बंशु गुरुङको स्मृतिमा स्थापित सिकारी सरदार बंशु गुरुङ स्मृति प्रतिष्ठानले हिजो मैत्रिपुर्ण फुटल प्रतियोगितामा सम्पन्न गरेको छ। सिन्धुली गढीमा अङ्ग्रेजलाई गोर्खाली फौजले परास्त गरेको असोज १५ गते भएपनि विजयोत्सव भने कात्तिक २४ गतेका दिन मनाउने गरिएको छ।