पाल्पा ढाका कपडाको ‘हब’ !

२०७८ कार्तिक २६ गते, शुक्रबार


काठमाडौँ । ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाइने भएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए । देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका सङ्घले ढाकाको ब्राण्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा आउन लागेको सङ्घले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु