‘दलित समुदाय शासक वर्गको दास नभएर धर्तीको मालिक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलित समुदाय शासक वर्गको दास नभएर धर्तीको मालिक भएको बताएका छन् । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनलाई धनगढीमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । उक्त सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलित जातिको नाममा शासकवर्गद्धारा बन्दुकले दमन गरेर विभेद गरिए त्यसको सामना बन्दुकले नै गर्नुपर्ने बताए ।

महासचिव विप्लवले मानव जातिमाथि विभिन्न जातको नाममा शासन गर्ने शासकविरुद्ध झुकेर होइन, डटेर संघर्ष गरि आफ्नो सत्ता प्राप्त गर्नुपर्ने बताउदै शासकवर्गले नेपाली श्रमिक वर्गको आवाज नसुने जनताले विद्रोह गर्ने अधिकार बताउदै दलित मुक्ति आन्दोलनका बलिदान दिन तयार रहेको बताए । उनले दलित मुक्तिको आन्दोलनलाई एकीकृत जनक्रान्तिमा शंश्लेषण गरेर अगाडी बढाउदा सरकारले प्रतिबन्ध लगाएको ठोकुवा गरे । महासचिव विप्लवले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गरे त्यसको विरुद्ध जस्तोसुकै सामना गर्न तयार रहेको बताउदै एनसेलजस्तो बहुराष्ट्रिय कम्पनीले राज्यलाई कर नतिर्दा जनताले कारवाही गर्दा पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको बताए । एकता दलाल सत्ताको कुर्सी तान्न र मन्त्री बन्नका लागी मात्र नहुने भन्दै संसदीय व्यवस्थाबाट मुक्त भएपछि मात्र एकता हुने , जनतालाई भ्रम दिन एकताको हल्ला गर्नु व्यर्थ रहेको बताउँदै महासचिव विप्लवले क्रान्तिको पक्षमा देश बचाउनका लागी जनता एक हुने बताए । उनले नेकपा दलाल पुँजीवादी व्यवस्थामा फर्केका पार्टी होइन, अहिलेको संविधान जनताको अधिकार छिनेर बनाइएको भन्दै यसलाई नमान्ने बताउदै दलाल पुँजीपति वर्गले हतियारको बिषय उठाएर गलत शंका गरेको अहिले हतियार नभएको बताए ।

महासचिव विप्लवले नेकपाले युद्धको घोषणा नगरेको भन्दै हतियार नभएको र जनताले हतियारले लड्ने पर्यो भने घोषणा गरेर लड्ने बताए । उनले राज्यले हतियारको गलत बिषय उठाएर ३ बुँदे सहमतिलाई कार्यान्वयन नगर्न खोजेको बताउदै ३ बुँदे सहमति कार्यान्वयन गरेर जेलमा रहेका नेता कार्यकर्तालाई छाड्नुपर्ने र सम्पूर्ण झुठा मुद्दा खारेज गर्नुपर्ने बताए । उनले सहमति कार्यान्वयन नगरेर दमन गरिए जनताले प्रतिरोध गर्ने समेत बताए । महासचिव विप्लवले अहिले दलाल राज्यसत्ता पूर्णरुपमा असफल भएको भन्दै अझ यो विघटनतिर जाने ठोकुवा गर्दै जनतालाई असफल व्यवस्था फेर्न शासकहरु शान्तिप्रिय हो भने जनमत संग्रह जरुरी भएको बताए ।