पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध देशव्यापीरुपमा १ घण्टा चक्का जाम

२०७८ कार्तिक २८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज बिहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापीरुपमा चक्का जाम गरेको छ । यसैक्रममा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै संघर्षमा उत्रिएको अखिल (क्रान्तिकारी)माथी प्रहरी दमन भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले आज बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम गर्ने पुर्व घोषित कार्यक्रम अनुसार त्रि-चन्द्र कलेज आगाडी गरेको सडक संघर्षमा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले सडक संघर्षमा उत्रिएका अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र बिकलगायत दुई दर्जनभन्दा बढी बिध्यार्थिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका बिध्यार्थिलाई महेन्द्र पुलिस कल्ब र दरबारमार्ग प्रहरी कार्यालयमा रखिएको छ । प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएका बिध्यार्थिलाई कार्यालयमा समेत हातपात गरेको नियन्त्रणमा रहेका एक विद्यार्थीले बताए ।
यता, अखिल (क्रान्तिकारी) सल्यानले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विरोध प्रर्दशनसहित विरोध कार्यक्रम सहित चक्काजाम सम्पन्न भएको छ । विद्यार्थीहरुको र्यालि नाराबाजीसहित सुरु प्रदर्शनसहितको र्यालि श्रिनगर बजारमा विरोध प्रदर्शनसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य टंक प्रकाश केसीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर्ने सरकारसँग माग गर्दै, पार्टीले आयोजना गरेका संघर्षका कार्यक्रमहरुमा ऐक्यबद्धता गर्न आम विद्यार्थी जनसमुदायलाई अपिल गरे । त्याग, बलिदान ,र अजम्बरी इतिहास सहितको गौरवशाली संगठन पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेजी नगरे दोस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) सल्यान अध्यक्ष राजेन्द्र खड्काले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिष्ट पार्टी गोकर्णेस्वर तथा कागेश्वरी मनाेहरा नगरले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध प्रदर्शन गरेका छन् । मुल्यबृद्धि विरुद्ध पार्टीको घोषित पाँच दिने संघर्ष कार्यक्रम अनुसार शनिबार प्रदर्शन र्यालीसहित जोरपाटी चोकमा कोणसभा सम्पन्न गरेका छन् । उक्त कोण सभालाई जनसाँस्कृतिक महासंघका सचिव सरल, गोकर्णेश्वर नगर इन्चार्ज अनिल र पूर्व जनमुक्ति सेना तथ नगर सदस्य रेणुकाले सम्बोधन गरेका थिए । गोकर्णेश्वर नगर सेक्रेटरी श्रीले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा कागेश्वरी मनाेहरा इन्चार्ज ध्रुव, नगरका सेक्रटरी दिपको उपस्थिति थियो । कोणसभालाई सम्बोधन गर्दै वक्तहरूले पेट्रोलिएम पदार्थको मूल्य बृद्धि फिर्ता लिन सरकारसँग माग गर्दै ३० गतेको नेपाल बन्द सफल पार्न आह्वन गरिएका थिए ।
यता, नेकपा काभ्रेले मुल्यबृद्धि तथा महङ्गीविरुद्धको घोषित कार्यक्रमअनुसार काभ्रेको सागा बनेपा चोक एक घण्टा चक्काजाम गरेको छ । पार्टी सिसिएम तथा काभ्रे जिल्ला ईन्चार्ज आधार र अखिल क्रान्तिकारीका सिसिएम तथा काभ्रे,सिन्धुली ईन्चार्ज मिम बहादुर यरीलाई प्रहरीले गिरफ्तार गरी भ्यानमा कोचेकोमा अखिल क्रान्तिकारीका सचिवालय सदस्य प्रकाश बिकको सकृयता र मिमको सहासिक प्रतिरोधमा छुट्नछुटाउन सफल भएको बताइएको छ । प्रहरीलाई आधारले सम्झाएर हात मिलाउदै उनीहरुको पनि जागिरको सवाल बाहेक मूल्य वृद्धि फिर्ता हुनुपर्ने मतमा एक्यबद्धता जनाउदै पुलिस र सबै सहभागी कमरेडहरु र जनसमुदायलाई धन्यवाद दिदै कार्यक्रम समापण भएको घोषणा गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म जिल्लाका मुख्य शहरहरू घोराही, लमही, तुलसीपुर, भालुबाङ, गढवा, राजपुर, दंगिशरणको रगैचा, शान्तिनगर, बबई गाउँपालिकाको हापुरे लगायतका ठाउँहरूमा एक घन्टा चक्काजाम गरेको नेकपाले जनाएको छ । तुलसीपुरको बिरेन्द्र चोकमा चक्काजाम पछि कोणसभा गर्दै नेकपा दाङले ३० गतेको नेपाल बन्द सफल बनाउन सम्पूर्ण दाङवासीलाई अपिल गरेको छ । कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समिति सदस्य एवम् दाङ जिल्ला अध्यक्ष सञ्जयले नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरि मनोमानी ढङ्गले राज्यले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि खारेज गराउन आफूहरूले नेपाल बन्द आह्वान् गरेको बताए । नेता सञ्जयले महँगीको विरुद्ध आफूहरू निरन्तर सडकमा सङ्घर्ष गर्दा अरू कोहिपनि बोल्न किन नसकेको भन्दै प्रश्न गरेका थिए । कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लले गरेका थिए ।
यता , पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले महेन्द्र राजमार्गको लालबन्दी चोकमा पेट्रोलियम पदार्थ, ग्यास र खाद्यबस्तुको मुल्यवृद्धिविरुद्ध १ घन्टा चक्काजाम गरेको छ । चक्काजाममा नेकपा केन्द्रीय सदस्य मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, रौतहट विशेष कमिटी सदस्य पवन, सर्लाही विशेष कमिटी सदस्य जनक, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका प्रदेश नम्बर २ इन्चार्ज पदम मगर, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य किसुनदेब, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष भरत पुलामी, अखिल क्रान्तिकारी सर्लाही जिल्ला अध्यक्ष अर्पण पौडेल, लालबन्दी नगर इन्चार्ज नरबहादुर थापा लगायतको उपस्तिथि रहेको थियो । चक्काजाम कार्यक्रम सफल पार्न यात्रामा रहेका सबै यात्रुले साथ दिएको केन्द्रीय सदस्य मिसन शाहीले बताए । कात्तिक ३० गतेको बन्द सफल पार्न सबै यात्रु र सहभागी जनताहरूलाई नेकपाले अपिल गरेको थियो । चक्काजाममा पेट्रोलियम पदार्थ, ग्यास खाद्य बस्तुको मूल्यवृद्धि फिर्ता गर, एकीकृत जनक्रान्ति जिन्दावाद, संसदीय व्यवस्था मुर्दावाद, एक घन्टा चक्काजाम सफल पारौँ जस्तानारा लगाएका थिए । आन्दोलित बनेका नेपाल कम्युनिस्ट पार्टीले आज देशैभरि एक घन्टा चक्काजाम गरेको छ ।
यसैगरी , पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी बर्दियाले एक घन्टा चक्काजाम कार्यक्रम आयोजना सम्पन्न गरेको थियो । बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको कार्यक्रम (चक्काजाम) ताराताल बजारमा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल, नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा सरकारले बढाएको मूल्यवृद्धि तथा महँगीका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्दै आइरहेको छ ।
यसैगरी , पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले आज देशैभरि एक घन्टे चक्काजाम गरेको छ । सोही कार्यक्रमअनुसार नेकपा इलामले पनि एक घन्टे चक्काजाम गरेको हो । यहि कात्तिक ३० गते एक दिने नेपाल बन्दको आयोजना गरेको नेकपाले २५ गतेबाट चरणबद्ध आन्दोलन गरिरहेको छ । उक्त पार्टीले भोलि बेलुका देशैभरि मशाल जुलुस गर्दैछ भने पर्सि शसक्त बन्दको तयारी गरेको छ । साथै नेकपाले सबै जनतालाई बन्दलाई सफल पार्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध सङ्घर्ष गर्नसमेत अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार