अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा नेपाल बन्दलाई पूर्ण समर्थन र ऐक्यबद्धता

२०७८ कार्तिक ३० गते, मंगलवार

काठमाडौँ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दलाई अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो समर्थन र ऐक्यबद्धता प्रकट गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “नेपाल सरकारले पेट्रोलियम पदार्थ लगायतका जनताका दिनदैन्यका उपयोग्य वस्तुमाथि नेपाली जनताको ढाडै सेक्ने गरि बढाएको मूल्यवृध्दिका विरुद्ध कमरेड नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज २०७८ कार्तिक ३० गते गरेको नेपाल बन्दप्रति विश्वभभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]