नेपाल बन्द व्यापकरुपमा सफल : नेकपाका दर्जनौ नेता-कार्यकर्ता गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा काठमाडौँ क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको अपिल पर्चा बाड्दै गर्दा नेकपाका महानगर सेक्रेटेरी सङघर्स र नेवाः मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष दिपक मानन्धरलाई गिरफ्तार गरेको छ । गिरफ्तार दुवै जनालाई सोह्रखुट्टे प्रहरीचौकीमा राखेको छ । यसैगरी पशुपति क्याम्पसका अध्यक्ष सुवास महतलाई पनि गिरफ्तार गरेको छ । उता नुवाकोटबाट ७ जना गिरफ्तार भएको नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्जले जानकारी दिएका छन् ।
यसैगरी , प्रहरीले ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोल, काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँ सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य एवम् पशुपति क्याम्पस अध्यक्ष सुवास महतलाई गिरफ्तार गरेको छ । त्यस्तै साँखु र महाराजगन्जबाट नेकपाका ६ जना गिरफ्तार भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतले नै पुष्टि गरेका छन् । गिरफ्तार हुने अन्यमा रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहित ६ जना छन् ।
यता, नेपाल कम्युनिस्ट पार्टीले मूल्यवृद्धिको बिरुद्ध गरेको नेपाल बन्दले झापामा प्रत्यक्ष प्रभाव परेको छ । पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्यवस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो । नेपाल बन्दका कारण झापामा सवारीसाधनहरू चल्न सकेका छैनन् भने विद्यालयहरू पनि बन्द रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू आज बिहानैदेखि सडकमा बसेर बन्दलाई कार्यान्वयन गर्न लागिरहेका छन् । राजमार्ग सुनसान जस्तै भएको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा नै बन्दको कार्यान्वयन भइरहेको पार्टीका जिल्ला सचिव प्रशान्तले बताए । शैक्षिक संस्थाहरूलाई पनि बन्दका लागि आह्वहान गरिएको र बन्द पनि शान्तिपूर्ण रुपमा कार्यान्वयन भइरहेको उनले बताए ।
यता, नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्धको आह्वान गरिएको आजको नेपाल बन्दको प्रभाव कञ्चनपुरमा पनि पूर्ण रूपमा परेको छ । जिल्लाका विभिन्न ठाउँमा बिहानै नेकपा कार्यकर्ताहरूले टायर पनि जलाएका छन् । नेकपाले प्रेस, एम्बुलेन्स, स्वास्थ्यकर्मी, कानुनव्यवसायी, कूटनीतिक नियोग, दुध बोक्ने, पानी बोक्ने र फोहोर बोक्ने गाडी भने चल्न दिने भनेको छ र अरू सबै पूर्ण ठप्प गर्ने भनिएको छ ।
यता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरूद्व नेपाल बन्दको घोषणा गरेको नेकपा अर्घाखाँचीका ७ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मनु गिरि, सागर पुन, कर्णबहादुर राना, होमबहादुर केसि, सन्तोष काउचा, देबेन्द्र पुन, नारायण महरा, मकर सुनार, शंकर घर्ती, पूर्णबहादुर राना, सन्तराज खत्री, पूर्णबहादुर महरा रहेका छन् । नेपाल बन्दका क्रममा अर्घाखाँचीका बजार, ब्यवसायी, स्कुल क्याम्पस, यातायात , उद्योग बन्द रहेका छन् । उनिहरूलाई भालुबाङ ईलाका चौकीमा राखेको छ नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यबस्तुमा बढाएको चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु बन्द रहेका छन् ।
बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थीलगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलाई सञ्चालन हुने दिने नेकपाले बताएको छ ।
यसैगरी, नेकपा कालीकोटले सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्यबृद्धिका विरुद्ध आह्वान गरेको नेपाल बन्द पुर्णरुपमा सफल भएको छ । आज कालिकोटमा वजार,शिक्षण संस्था र संघ सस्था तथा यातायातका साधन पुर्णरुपमा वन्द भएका छन ।