नेकपाका केन्द्रीय सदस्य पौडेलसहित १७ जना गिरफ्तार

२०७८ कार्तिक ३० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन प्रहरीले विभिन्न ठाउँमा हस्तक्षेप गरेको छ । यसैक्रममा प्रहरीले नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जनालाई चितवनको लायन्स चोकबाट गिरफ्तार गरेको छ यस्तै पुर्वी चितवनबाट ३ जना र चौविसकोटीबाट ५ जना गिरफ्तार गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज आह्वान गरेको नेपाल बन्दको क्रममा प्रहरीले देशैभरिबाट दर्जनौँ नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरिरहेको छ ।
यस्तै कपिलवस्तु र अर्घाखाँचीमा पनि प्रहरीले नेकपाका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । प्रहरीले शितगङ्गा नगरपालिका – ११ धानखोलाबाट सो पार्टीका १२ जना कार्यकर्तालाई गिरफ्तार गरी भालुवाङ ईलाका प्रहरी कार्यालयलमा लगिएको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरी, कर्णबहादुर राना, होमबहादुर केसी, सन्तोष काउछा, देबेन्द्र पुन, नारायणबहादुर मोहोरा, मकर सुनार, शंखर घर्ति, पुर्णबहादुर राना, सन्तराज खत्री, पुर्णबहादुर मोहोरा लगायत रहेका छन् ।
यता , पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा निस्किएका नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । अर्घाखाँचीको शितगङ्गा नगरपालिका – ११ धानखोलाबाट १२ जना नेता कार्यकर्ता गिरफ्तार परेका हुन् । बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका सो पार्टीका १२ जना कार्यकर्तालाई भालुवाङ ईलाका प्रहरी कार्यालयलमा लगिएको छ । गिरफ्तार पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरी, सेल सेक्रेटरी कर्णबहादुर राना, होमबहादुर केसी, सन्तोष काउछा, देबेन्द्र पुन, नारायणबहादुर मोहोरा, मकर सुनार, शंखर घर्ति, पुणबहादुर राना, सन्तराज खत्री, पुर्णबहादुर मोहोरा लगायत १२ जनालाई भालुवाङ ईलाका प्रहरीद्वारा धानखोलाबाट गिरफ्तार गरेको जिल्ला सेक्रेटरी खेम घर्ति मगरले जानकारी दिएका छन् । आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा नेकपाले आग्रह गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]