नेकपा मकवानपुरद्वारा जिल्ला सदस्य अमर गोपालीलाई कारवाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य अमर गोपालीलाई कारवाही गरेको छ। जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरको संयुक्त हस्ताक्षरित विज्ञप्तमा गोपालीलाई कारवाही गरेको कुरा खुलाएको छ। विज्ञप्तिमा लेखिएको छ कि नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य बोकी एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षरत रहेको र वैज्ञानिक समाजवादी आन्दोलनको नेतृत्व गरेकोले जनताको बीचमा लोकप्रिय बन्दै देशको नयाँ राजनैतिक शक्तिको रूपमा उदय भएको छ। एकातिर पार्टी जनताको माझमा झाँगिदै गएको छ भने अर्कोतिर पार्टीभित्र केही खराब प्रवृत्ति र पात्रहरू फलामको खियाको रूपमा प्रकट हुँदै आएको र त्यसलाई पार्टीले बेलाबेलामा कारवाही मार्फत शुद्धीकरण गर्दै पार्टीलाई खियामुक्त पार्टी बनाउँदै लगेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेको छ। साथै पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक वस्तुहरूमा जनताको ढाड भाँच्चिने गरी सरकारले बढाएको मूल्यवृद्धिको विरुद्ध पार्टीले आयोजना गरेको आन्दोलनमा सहभागी नभएको र कार्यक्षेत्रमा पनि नगएकोले पार्टीका जिल्ला सदस्य अमर गोपालीलाई बुधबार देखी जिल्ला समिति सदस्य समेत नरहने गरी सबै जिम्मेवारीबाट हटाई निष्कासन गरेको कुरा विज्ञप्ति मार्फत सबैमा जानकारी गरेको छ।