प्रधानमन्त्री देउवासंग अमेरिकी विदेशमन्त्रीको भेटवार्ता !

२०७८ मंसिर २ गते, बिहीबार


काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु ले आज भेटवार्ता गर्ने भएका छन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु हिजो बुधबार साँझ काठमाडौं आएका थिए । उनले आज प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का र अन्य अधिकारीहरूसँग पनि भेट गर्ने बताइएको छ । लु नेपाल भ्रमणका रहेकै बेला आजै अमेरिकी उपसहायकमन्त्री केली केइन्डरलिङ पनि नेपाल आउने कार्यक्रम छ । भेटवार्ताका क्रममा कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता अमेरिकी राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]