थाइल्याण्डमा आन्दोलन चर्कियो
बैंकक, ३० पुस । थाइल्याण्डमा सरकारबिरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । फेब्रुअरी २मा हुन लागेको निर्वाचन अगाबै सरकार हट्नुपर्ने माग गर्दै प्रर्शनकारीहरुले राजधानी बैङकक लगायतका सडकहरुमा नाराबाजी गरिरहेका छन ।
प्रशर्दनकारीहरुको आन्दोलनका कारण सडक अबरुद्ध भएका छन भने प्रमुख चोकहरु नियन्त्रणमा लिएका छन । सरकार नहटे सम्म आन्दोलन नरोकिने प्रदर्शनकारी को चेतावनी पछी सरकारले १८ हजार भन्दा बढी सुरक्षाकमी परिचालन गरेको छ । सरकारबिरुद्ध लाखौ जनता सडकमा उत्रिएका दृश्यहरु त्यहाका सरकारी टेलिभिजनहरुले प्रशारण गरिरहेको छ ।प्रदशर्नकारीहरुले यिंगलकले राजीनामा दिएर सत्ता जनतााको हातमा सुम्पन माग गर्दै केहि बर्ष अघि देखि आन्दोलन चर्काईरहेका छन ।टकसिनको सरकार लाई २००६ मा सेनाले अपदस्त गरेपछि यिंगलकले सत्ता आफनो हातमा लिएका थिए ।