विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज बिहान महासचिव विप्लव र नारायणकाजी श्रेष्ठबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको बताइएको छ ।