कोटेश्वर- सूयृविनायक सडकको सुरक्षा महिला प्रहरीको काधमा

२०७० माघ १ गते, बुधबार


काठमाडौं, १ माघ । उपत्यकाकै उत्कृष्ट सडक मानिएको कोटेश्वरदेखि सूयृविनायकसम्मको छ लेनको सडकको सुरक्षा जिम्मा महिला प्रहरीले पाएका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरले मनहरा पुलदेखि सूर्यविनायक, साँगासम्मको अरनिको राजमार्गअन्तर्गतको सडकको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिएको हो । जसका लागि राजमार्ग सुरक्षाका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा सात महिला प्रहरीको टोली परिचालन गरिएको छ ।
परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठका अनुसार महिला प्रहरीलाई कार्यालयभित्रका विभिन्न कामको मात्र जिम्मेवारी दिने परम्पराविपरीत फिल्डमा परिचालन गरेका हुन् । टोलीमा हाल सवारीचालक भने पुरुष रहेका छन् ।महिला प्रहरीप्रतिको जनताको घारणासमेत परिवर्तन आउने विश्वास व्यक्त गर्दै श्रेष्ठले महिला प्रहरीले राजमार्गमा गस्ती गर्ने र कुनै दुर्घटना भए तुरुन्त पुगेर उद्धारको कार्य गर्ने जिम्मेवारी दिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु