नेपाली युवती बेच्ने क्यानेडियनलाई ३० वर्ष जेल !

काठमाडौँ । नेपाली महिला बेच्ने क्यानेडानली व्यापारी आसिफ अमीरालि अलिभाई जेथा ३० वर्ष कैदमा परेका छन् । केन्याको मोम्बासास्थित सान्जु उच्च अदालतका वरिष्ठ आवासीय अधिकारी डेभिड ओधियाम्बोले उनलाई ३० वर्ष लामो कैद सजाय सुनाएका हुन् ।
उनलाई विभिन्न ३ आरोपमा मुद्दा चालेकाले त्यसबाहेक उनलाई १ मिलियन स्थानीय मुद्राको जरिवाना समेत तोकिएको छ । नृत्यांगना र सेविकाको काम लगाइदिने भनेर केन्या पुर्याएका नेपाली महिलाहरुलाई बेचबिखन गरेको आरोपमा उनीमाथि मुद्दा चल्दै आएको थियो । १६ र १७ वर्षका २ युवती, २२ देखि २६ वर्षका ८ जना र ३० वर्ष माथिका दुई नेपाली युवतीमाथि अपराध गरेको आरोपमा सन् २०१९ मा मोम्बासा न्यालीको एमके प्लाजामा खानतलासी गरी मानव बेचविखन विरुद्धको संगठित अपराध भन्दै उनलाई पक्राउ गरिएको थियो । मोम्बासाको न्यालीस्थित एमके प्लाजामा रहेको जेठाको रंगीला ग्रिल एण्ड बार (सेकुवा तथा मधुशाला) मा इन्टरनेशनल अर्गनाइज्ड क्राइम व्युरोका गुप्तचरले सन् २०१९ मा छापा मारेर १२ नेपाली युवतीहरुलाई उद्धार गरेको थियो ।