एनआरएनको निर्वाचन पुस ११ र १२ गते

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन पुस ११ र १२ गते हुने भएको छ । संघको निर्वाचन समितिले मंगलबार सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय गरिएको निर्वाचन मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।संघमा दुई पक्षबीच विवाद भएपछि परराष्ट्र मन्त्रलायले गत असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो । परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै एनआरएनका अध्यक्ष कुमार पन्तले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेका हो ।