राष्ट्रपति बिरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौ, २ माघ। राष्ट्रपति डा रामवरण यादवको पदावधि सकिएकाले अर्को चुनाव गरिपाऊँ भनी परेको रिटमाथि आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ ।
यसअघि पटकपटक सर्दै आएको सनुवाई आजलाइ तोकिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभाका लागि पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
काङ्ग्रेस र माओवादीले यादवलाई नै निरन्तरता दिन सकिने बताएपनि एमालेले राष्ट्रपतिले नयाँ जनादेश लिनुपर्ने वा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने अडान राखेको छ । दलहरुबीच देखिएको विवादका बीच अधिवक्ता अर्यालले सर्वोच्चमा रिट हाल्दै यसको छिनोफानो अदालतले नै गर्नुपर्ने जिकिर गरेका छन ।