इजरायल जानेलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था

२०७८ मंसिर १५ गते, बुधबार


काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौँका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।
विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै तोकिएका यी केन्द्रमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार