‘प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय तत्काल खारेज गर ‘

२०७८ मंसिर १६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णयप्रति घोर आपत्ति जनाउदै खुल्ला र पारर्दशी प्रतिस्पर्धाबाट प्राध्यापक छनौट गर्ने प्रकृया शुरु गर्न जोडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
अध्यक्ष प्रकाश शाहीले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्दा विश्वविद्यालयको प्राज्ञिक वातावरण बिग्रने र विद्यार्थीको भविश्यसंग प्रत्यक्ष जोडीएको यो संवेदनशिल विषयमा गरिएको गलत र अपार्दशी निर्णय तत्काल सच्याउनु पर्ने अन्यथा यस गलत निर्णयका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “२०७८ मंसिर १४ गतेको त्रिभुवन विश्वविद्यालय सभाले गरेको ४८० जना करार प्राध्यापकहरुलाई स्वत: स्थायी गर्ने निर्णय प्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । निर्यामत खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट प्राध्यापकहरु नियुक्ति गर्न रोकी चोर बाटोबाट
नियुक्त गर्दा विश्वविद्यालयको शैक्षिक गुणस्तर र साख खस्कने विषय स्पष्ट नै छ। यसरी विश्वविद्यालयको शैक्षिक गुणस्तर कमजोर पार्ने र आफु निकटलाई स्थायी बनाउने प्रपन्चको हाम्रो संगठन निन्दा गर्दछ ।
करार प्राध्यापकहरुलाई स्वत: स्थायी गर्ने निर्णय तत्काल खारेज गरि खुल्ला र पारदर्शी प्रतिस्पर्धाबाट प्राध्यापक छनौट गर्ने प्रक्‌या शुरु गर्न हामी जोडदार माग गर्दछौँ । विश्वविद्यालयको प्राज्ञिक वातावरण बिग्रने र विद्यार्थीको भविष्यसंग प्रत्यक्ष जोडीएको यो संवेदनशिल विषयमा गरिएको गलत र अपारदर्शी निर्णय तत्काल सच्याउन हामी त्रि.वि. संग माग गर्दछौँ अन्यथा हामी यस गलत निर्णयका विरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुने विषय पनि स्पष्ट पार्दछौँ । “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु