रुसद्वारा युरोपमा पुन: सैन्य टकराव हुन सक्ने चेतावनी

२०७८ मंसिर १७ गते, शुक्रबार


काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक टकराव हुने रुसको दावी छ ।स्विडेनमा युरोपली सुरक्षा संयन्त्रको बैठकमा बोल्दै लाभरोभले पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार रुसलाई मान्य नहुने बताए । साथै उउले नेटोको अस्वभाविक विस्तार रोक्न नयाँ ‘युरोपेली सुरक्षा सम्झौता’ को अवधारणा अघि सारे । सोही बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्कनले रुसले युक्रेनमाथि ज्यादती गरे गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिए । पछिल्लो सयम रुस र युक्रेनबीचको तनाव फेरी उत्कर्षमा पुगेको छ ।
रुसले झण्डै ९० हजार सेना आफ्नो सिमामा तैनाथ गरेको युक्रेनको आरोप छ । रुसले यसलाई अस्विकार गर्दै युक्रेनले नैं सैन्य गतिविधि बढाइरहेको दावी गरेको छ । आफ्नो भूमिमा जासुसी गरेको तथा आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा रुसले हालै तीन जना यक्रेनका जासुसहरुलाई नियन्त्रणमा लिएको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]