अखिल (क्रान्तिकारी) का नेतामाथि साङ्घातिक हमला !

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का नेताहरूमाथि नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा सङ्गठन निर्माणको क्रममा केही अराजक समूहद्वारा अभद्र व्यवहार गर्दै साङ्घातिक हमला भएको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नारा लिएर तीन महिने केन्द्रीय अभियान अन्तर्गत अखिल (क्रान्तिकारी) शुक्रबार सङ्गठन निर्माणको क्रममा आदर्श बहुमुखी क्याम्पसमा पुगेका थिए ।
अखिल (क्रान्तिकारी) का विद्यार्थीहरू उत्साहपूर्ण ढङ्गले सङ्गठनमा सङ्गठित भइरहेको अवस्थाबाट अत्तालिएर हतोत्साहित भइ केही पेसेवर, उछृङ्खल अपराधिक मनसाय बोकेका लठैतहरूले सङ्गठनमाथि अभद्र व्यवहार गर्दै काठमाडौँ जिल्ला समितिका सदस्यहरू पुर्णचन्द्र खड्का र कृष्ण रावलमाथि साङ्घातिक हमला गरेको सङ्गठनका काठमाडौँ जिल्ला समिति संयोजक हस्त बिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त आक्रमणको सङ्गठनले तत्काल सशक्त प्रतिरोध गरेको जनाइएको छ । प्रतिरोध सङ्घर्षमा घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै नियोजित, उछृङ्खल र गुण्डागर्दी हर्कतप्रति सङ्गठनले कडा आपत्ति प्रकट गरेको छ भने यस्ता खाले गतिविधिहरू नदोहोर्याउन कडा चेतावनी दिँदै तत्काल सङ्गठन समक्ष माफी माग्न उक्त समूहलाई चेतावनी दिइएको संयोजक हस्त बिकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु