सिनावात्राको भ्रष्टाचारको अनुसन्धान थालिने

२०७० माघ ३ गते, शुक्रबार

बैंकक, ३ माघ – थाइल्यान्डका प्रधानमन्त्री यिङलक सिनावात्राका विरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको छ । त्यहाँको भ्रष्टाचार निवारण आयोगले यस बारेमा प्रधानमन्त्रीसहित १५ जना विरुद्ध अनुसन्धान थालिने जनाएको छ ।उनी केही महिनादेखि विपक्षीको कडा विरोध प्रदर्शनको सामना गरिरहेकी छन् । यो पछिल्लो कदमले प्रधानमन्त्रीका विरुद्धको आन्दोलनलाई थप बल पुग्ने अनुमान गरिएको छ ।कृषकलाई दिइएको धान उत्पादनको सुविधाका विषयमा भ्रष्टाचार भएको खबर सार्वजनिक भएपछि आयोगले अनुसन्धान थाल्ने भएको हो । सरकारले फेब्रुअरी २ मा आम निर्वाचनको आह्वान गरेको छ । निर्वाचनको विरोधका कारण राजधानी बैंककमा लामो समयदेखि आन्दोलन जारी छ ।अर्कोतिर निर्वाचनको विरोधमा यसै सातादेखि विपक्षीहरूले बैंककलाई ठप्प पार्ने चेतावनी पनि दिएका छन्् । सरकारले जस्तोसुकै परिस्थितिमा पनि निर्वाचन विरोधी अभियानलाई परास्त गर्ने बताएको छ ।-एएफपी

प्रतिक्रियाहरु

[anycomment]