हेलिकप्टर दुर्घटनामा सेना प्रमुखसहित १३ जनाको मृत्यु !

काठमाडौं । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उनकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको छ । भारतीय वायुसेनाले केही बेर अघि ट्ीटर मार्फत मृत्युको पुष्टि गरेको हो । हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित सवार थिए ।
घटनाबारे भारतीय सरकारले भने औपचारिक जानकारी गराएको छैन । दुर्घटनास्थलका कलेक्टरले १४ यात्रुमध्ये १३ जनाको मृत्यु भएको र एक जना पुरुषमात्र जिवित रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा सेनाध्यक्ष रावतको निधनसंगै प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल सुरक्षा समितिको बैठक बोलाएका छन । सरकारले घटनाबारे भोलिमात्रै विस्तृत विवरण उपलब्ध गराउने बताइएको छ । जनरल रावतलाई जनवरी, २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो । यस अघि उनि थल सेना प्रमुख थिए । – एजेन्सी