श्रमिक समुदाय मोर्चाले एमसीसीविरुद्ध संघर्ष गर्ने

२०७८ मंसिर २४ गते, शुक्रबार


काठमाडौं । श्रमिक समुदाय मोर्चा, नेपालले एमसीसी, भ्रष्टाचार, कमिसन, दलाली, महिला हिंसा, सामाजिक विकृति र विसंगतिविरुद्ध संघर्ष गर्ने बताएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय एवं प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य एवं मोर्चा फ्र्याक्सन इन्चार्ज शीतल, पार्टी केन्द्रीय सल्लाहकार एवं मोर्चाको पूर्व अध्यक्ष र सल्लाहकार डम्बरबहादुर विश्वकर्मा, पार्टी केन्द्रीय दलित विभाग प्रमुख सन्तोषी विश्वकर्माको विशेष उपस्तिथिमा २०७८ मंसिर २१ र २२ गते काठमाडौँमा सम्पन्न भएको पाँचौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले सो निर्णय गरेको बताइएको छ ।
मोर्चाको हालै कैलालीको धनगढीमा सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलन पश्चात् बसेको यो दोश्रो पूर्ण बैठकले ३ महिने अभियानात्मक कार्ययोजना तय गरेको छ । सो बैठकले, केन्द्रीय सचिवालय गठन, पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दै मोर्चाले पाँचौं राष्ट्रिय सम्मेलनको भाव सम्प्रेषण गर्ने, संगठन सुदृढ तथा विस्तार गर्ने, प्रशिक्षण, अन्तरक्रिया र स्कूलिङ गर्ने, उत्पीडित श्रमिक समुदाय माथी हुने सबैखाले विभेद र छुवाछूत विरुद्ध घनिभूत संघर्ष गर्ने आदि निर्णय गरेको छ । अन्य कार्यक्रमहरु विज्ञप्तिमार्फत सार्वजनिक गरिने मोर्चाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]