नेकपा राेल्पाद्वारा राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राेल्पाकाे आयाेजनामा संयुक्त नगर, गाउँ कमिटी स्तरिय राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सुलिचाैरमा सम्पन्न भएकाे छ । राेल्पा नगरपालिका,सुनिलस्मृति, लुङरी र सुनछहरी गाउँपालिकाकाका पार्टी सदस्यहरू सम्मिलित प्रशिक्षणकाे मुख्य प्रशिक्षकका लागि पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगर राेल्पा पुगेका छन् ।
प्रशिक्षण दिदै बुढामगरले पार्टीले लिएकाे जनमतसंग्रहकाे कार्यनीतिलाइ जनता सम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकिकृत जनक्रान्तिकाे कार्यदिशा लिएर अघि बढेकाे पार्टीका कार्यकर्ता हुनुका नाताले पार्टीकाे नीति जनता सम्म पुर्याउने मुख्य दायित्व रहेकाले त्यसलाई पुरा गर्नुपर्नेमा जाेड दिएका छन् ।
प्रशिक्षणमा सहभागि नगर गाउँकमिटीका सेक्रेटरीहरू राेल्पा नगरपालिकाका सेक्रेटरी सिजन,सुनिलस्मृति गाउँपालिका सेक्रेटरी प्रदीप,लुङरी गाउँपालिकाका सेक्रेटरी श्रवन,सुनछहरी गाउँपालिकाका सेक्रेटरी हर्कले आ-आफ्नाे क्षेत्रकाे प्रतिवेदन पेश गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य एवं राेल्पा जिल्ला इन्चार्ज केश बहादु बाँठामगर सुवासकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्या तथा काभ्रे जिल्ला इन्चार्ज माेहलाल चन्द आधारकाे आतिथ्यता रहेकाे थियाे भने बिशेष कमिटी सदस्य प्रयासले स्वागत र जिल्ला सक्रेटरी दीनेश बिक्रम चन्दले सन्चालन गरेका थिए । -हर्क घर्तीमगर