नेकपा दैलेखद्वारा एक महिने अभियान सुरु

२०७८ मंसिर २४ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखले जनसम्बन्ध सुद्रिढ तथा जनमतसंग्रह जनताको लागि अनिवार्य भन्ने मुल नाराका साथ एक महिने अभियान आठबिष नगरपालिकाबाट सुरु गरेको छ । उक्त अभियानको उद्घाटन समारोह नगर कमिटीका सेक्रेटरी कुसलले अध्यक्षता गरेका थिए भने प्रमुख अथिति जिल्ला सेक्रेटरी दिपेन्द्रको रहेको थियो । कार्यक्रमका अथितीमा नगर ईन्चार्ज .प्रकाश , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज आत्मा क्षेत्री (गोविन्द ),अखिल क्रन्तिकारीका के स तथा जिल्ला अध्यक्ष सुदर्शनलगायत अन्य नेता – कार्यकर्ताको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति दिपेन्द्रले नेपालमा संसदीय ब्यावस्थाले जनतामाथि अत्याचार गरिरहेकोले अब जनमत संग्रहबाट बैज्ञानिक समाजबाद रोज्न दैलेखि जनतासंग अपिल गरे। सोहि कार्यक्रममा युवा संगठन नेपालका दैलेख ईन्चार्ज आत्मा क्षेत्रीले राणाले र राजाले शासन गरेको युगभन्दा संसदीय ब्यावस्था आएपछि नेपालि युवाहरु बेरोजगार भएर बिदेशीएको दाबी गर्दै बैज्ञानिक समाजबाद आएपछि नेपालि युवा युवती बिदेशीन नपर्ने ठोकुवा गरे ।
उक्त कार्यक्रमको संचालन .बबहादुर बडुवालले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार