एमसीए कार्यालय आन्दोलनकारीको घेरामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित एमसीए कार्यालय घेराउ सुरु गरेका छन । ६ राजनीतिक दल र दुई मोर्चाले पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज एमसीए कार्यालय घेराउ गरेका हुन् । एमसीए कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माले) का नेता – कार्यकर्तासहित सयौ प्रदर्शनकारी कमलादीस्थित रोयालसिंगे होटल हुदै अगाडी बढेका छन् भने दरबारमार्ग याक एण्ड यति हुदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल)का नेता – कार्यकर्तासहित सयौ प्रदर्शनकारी कमलादीस्थित रोयालसिंगे होटल हुदै अगाडी बढेका छन् ।
यसअघि ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौता खारेज गराएरै छाड्ने बताउदै संघर्षको शंखघोष गरेका थिए । उनीहरुले राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्नुको बिकल्प नभएको बताउदै बिगत देखिनै संघर्ष गर्दै आएका थिए तर सरकारले उनीहरुको आवाजको सुनुवाई गर्नु भन्दा यहि मङ्सिर २८ गते संसद्को अधिबेशन बोलाएर एमसीसी पास गर्ने प्रपन्च रचेपछि उनीहरुले पुन: संघर्षको सुरुवात गरेका हुन् ।



