‘ एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खोरज गर्नुको बिकल्प छैन ‘

२०७८ मंसिर २७ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खोरज हुनुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित एमसीए कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताउदै एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने ठोकुवा गरे ।


यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताउदै एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको र सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । उनले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद् भवन घेराउ गर्ने जानकारी समेत दिए ।

प्रतिक्रियाहरु

[anycomment]