एमसीसीको विरोध गर्दै चितवन बन्द

२०७८ मंसिर २८ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १३ वटा राजनीतिक दलले एमसीसीको विरोध गर्दै आज चितवन बन्द गरेका छन । बन्दका कारण सवारीसाधन , शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् । बन्दको क्रममा प्रहरीले नेकपा केन्द्रीय सदस्य तथा किसान फ्याक्सन इन्चार्ज सन्देश पौडेलसहित नेता कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा नेकपा चितवन जिल्ला सदस्य प्रकाशचन्द्र ढकाल, ओम डल्लाकोटी, राम सेढाई लगायत ९ रहेका छन् । यसअघि विहानै नेकपा (क्रान्तिकारी माओवादी) का नेता घननाथ सापकोटालाई प्रहरीले गिरफ्तार गरेको थियो । नेकपा सहित १३ वटा राजनीतिक दलहरुको आब्हानमा चितवन बन्द घोषणा गरिएको हो । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन वन्दको आब्हान गरेको हो । आज संसदको बैठक आब्हान गरिएको छ । आजै एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]