एमसीसीविरुद्धको आजको आन्दोलनमा सहभागिता जनाउन आग्रह

काठमाडौं । एमसीसी खारेज अभियानले MCC लाई संसदमा पेस गर्न र पास गर्नबाट रोक्नको लागि आजको बिरोध कार्यक्रममा सकृय समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
यस बिषयमा MCC खारेज अभियान नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस परका रहेको छ – “महा राष्ट्रघाती MCC सम्झौता विरोधी विभिन्न राजनीतिक दललगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा हिजो २७ गते MCA कार्यालय घेराउ भव्यताका साथ सम्पन्न गर्नुहुने तथा चितवनमा पनि MCC विरुद्धमा गरिएको शानदार मसाल जुलुस लगायतका देसका विभिन्न भागमा विविध कार्यक्रम सम्पन्न गर्नुहुने राष्ट्रघाती MCC सम्झौता विरोधी सम्पूर्ण अभियन्ता तथा जनसमुदायहरुप्रति हामी हार्दिक धन्यवाद, आभार र बधाई प्रकट गर्दछौं ! चितवनको हिजो साझको मसाल जुलुस गरेको र आज पनि MCC विरुद्धमा चितवन बन्द राखेको विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादीका नेता घननाथलगायतका कमरेडहरुलाई गिरफ्तार गरिएकोप्रति घोर निन्दा गर्दै उहाँहरुको शीघ्र र ससम्मान रिहाइको जोडदार माग गर्दछौं ! यसरी नै काठमाडौं उपत्यकामा संयुक्त मोर्चाकै आयोजनामा आज मंसिर २८ गते पनि नयाँबानेश्वरस्थित संसद भवन घेराउ कार्यक्रम हुने हुँदा उक्त कार्यक्रमलाई ऐतिहासिक भव्यता र उच्चताका साथ निर्णायक रुपमा सफल पारेर MCC लाई संसदमा पेस गर्न र पास गर्नबाट रोक्नको लागि निम्न आर्क र समयमा उपस्थित हुनुहुन MCC विरोधी सम्पूर्ण अभियन्ताहरु, विज्ञ, विशेषज्ञहरु, बुद्धिजीवीहरु लगायत आम जनसमुदायहरुलाई हाम्रो विशेष अनुरोध छ !
१ समय : १२.३० बजे ।
२. स्थान :
पश्चिमी आर्क : एभरेस्ट होटेल अगाडि ।
उत्तरी आर्क : व्हाइट हाउस कलेज अगाडि ।
पूर्वी आर्क : शान्तिनगर गेट अगाडि ।”